नमस्कार यतिबेला तपाई गोर्खाको जिल्लाखबर आदानप्रदान गर्ने नेपालीभाषी साईट हाम्रोगोर्खा डट कमभित्र हुनुहुन्छ र तपाईले नियालिरहनु भएको यो पृष्ठ यस साईटको पहिलो संस्करण हो जहाँ हामी तपाईलाई हृदयदेखि स्वागत गरिरहेका छौं । यो साईट खासगरी गोर्खावासी र त्यहाबाट अन्यत्र रहनुभएकाहरुप्रति लक्षित छ । तर उदाङ्गो संसारसामु यसको अर्थ सूचना र संस्कारप्रतिको संकुचन होईन र हामी साँघुरो घेरामा बाधिने कसरत पनि गरिरहेका छैनौं । सूचना प्रवाहको सिद्धान्तमा यस्ता घेरा र दायराहरु जरुर अस्वीकृत हुन्छन् पनि । अनि उल्लेख गर्न खोजिरहेको चाहि के हो भने खासरुपमा गोर्खाका खबर संसारलाई सम्प्रेषण गर्ने माध्यम बन्ने प्रारम्भिक अभ्यासमा हामी जुटेका हौं । यसकारण पनि गोर्खामा भएगरेका र हुने घटना विकास उन्नती प्रगति तथा सम्पूर्णखाले परिवर्तनप्रति शतर्क रहँदै निरन्तर सूचना सम्प्रेषण गर्नु हाम्रो प्रयास हुने छ । यसका साथै गोर्खाका प्रतिभार गोर्खाले गर्व गर्ने स्रस्टाहरुप्रति सदा श्रद्धा गरिरहनु हाम्रो दायित्व हुने छ ।
हामी संसारलाई गोरखा देखाउन र चिनाउन चाहन्छौं । सुम उपत्यका र मनकामनाको प्राकृतिक रहस्यको नजिक पुर्याउन चाहन्छौं । गोरखको साहासिक युद्ध-इतिहास पढाउन चाहन्छौं र गोरखाभूमिका कालजयी स्रष्टा वा प्रतिभाहरुबारे संसारलाई जानकारी बाड्छौं अनि मातृभूमिको गर्व शीरमा बोकेर छातीलाई चौंडा पार्न चाहन्छौं । तर यही सत्य र पवित्र उद्देश्यको बाटोमा कसैले पनि एक्लो यात्रा नगरोस् अनि हामी सवै संगसंगै अघि बढौं भन्ने हाम्रो भावना र चाहना हो । जसका लागि तपाई जहाँ रहेपनि वा भएपनि हामी तपाईसंग आत्मीयता गुस्न चाहन्छौं । तपाइले हाम्रालागि सामग्रीप्रति प्रतिक्रिया र सुझाव पठाउने हुने छ सम्पर्क गर्नुहुने छ र मार्गनिर्देशन गरिरहनु हुनेछ । हाम्रो अपेक्षा तपाई संग ।